कर्णाली केयर र इन्फिनिटि लघुवित्तबीच सेवा सम्बन्धमा सम्झौता

 

सुर्खेत । वीरेन्द्रनगरको चर्चित कर्णाली केयर इन्टरनेशनल हस्पिटल र इन्फिनिटि लघुवित्त वित्तिय संस्था लिमिटेडबीच सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।

बिहीबार अस्पतालका निर्देशक दिपक कुमार गौतम र लघुवित्तका तर्फबाट शाखा प्रबन्धन विशेश्वर विष्टबीच उक्त सम्झौता भएको हो ।

अब लघुवित्त संस्थाका कर्मचारी, ग्राहक सदस्य र सदस्यका परिवारहरुले अस्पतालबाट पाइने सेवा सुविधामा विशेष छुट पाउने छन् ।

त्यसका लागि संस्थाले आफ्ना सदस्य वा कर्मचारीलाई परिचय पत्र वा पहिचान खुलाउने अभिलेख उपलब्ध गराउने छ भने संस्थाले अस्पतालले ंचालन गरेको अस्पतालमा सेवा लिन सिफारिस गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

संस्थाले सम्झौता अवधीसम्म कर्णाली केयरबाट प्राप्त हुने खालका सेवा संचालन गर्ने अन्य अस्पताल वा स्वास्थ्य संस्थासंग सम्झौता गरी सेवा लिन दिन नपाइने समेत उल्लेख गरेको छ ।
यस्तै अस्पतालले समय सापेक्ष छुट सुविधामा परिवर्तन गर्ने भएकाले परिवर्तन भएको सुविधाको बारेमा संस्थालाई लिखित रुपमा जानकारी गराउनु पर्नेछ ।

बाँकी विवरण तल तस्वीरमा हेर्नुहोस् :

 

 

तपाईको प्रतिक्रिया