बलिउड अभिनेत्री प्रियंका चोपडाले नाकको शल्यक्रिया गलत भएपछि आफू गहिरो डिप्रेसनको सिकार भएको बताएकी छिन्।
उनले भनिन्, ‘त्यतिबेला आफूलाई यो करिअर समाप्त हुन सक्छ भन्ने लाग्न थाल्यो।’
यति मात्र होइन, प्रियंकाले त्यो समयमा उनलाई फिल्म मेकरले सम्झौता भएका फिल्ममा काम नदिएको, आफ्नो ठाउँमा अर्को कलाकार रिप्लेस गरेको बताइन्। नाकको शल्यकृयाका कारण आफूले करिअरमा निकै कष्ट सहनु परेको बताइन्।
बलिउड करियर दाउमा, म डिप्रेसनमा गएँ
द हावर्ड स्टर्न शोमा प्रियंकाले नाकको शल्यकृयापछि ३ फिल्मबाट हटाएको बताइन्। अभिनेत्रीले त्यो समयलाई आफ्नो कालो चरणको रूपमा वर्णन गरेकी छिन्।
उनले भनिन्,‘शल्यक्रियापछि मेरो अनुहार बिल्कुलै फरक देखिन थाल्यो। म आफै डिप्रेसनमा गएँ। जसका कारण मेरो बलिउड करियर पनि खतरामा परेको थियो।’
मिस वल्र्ड जितेको केही समयपछि प्रियंकालाई सास फेर्न समस्या भएको कारण डाक्टरकहाँ गएकी थिइन्। डाक्टरले उनको नाकमा पोलिप (टिस्यु ग्रोथ) भएको र त्यसलाई हटाउन शल्यक्रिया गर्नुपर्ने बताए।
प्रियंकाको सर्जरी गलत भयो र उनको नाकको लुक पूरै परिवर्तन भयो। त्यसले प्रियंकालाई आफ्नो करिअर समाप्त हुन्छ की भन्ने डरले भित्रभित्रै खाएको बताइन्।
डिप्रेसनको बेला बुबाको हौसला
प्रियंकाले त्यो समयमा उनका बुबा अशोक चोपडाले डरका बाबजुद पनि शल्यक्रिया गर्न भनेका थिए। उनले प्रियंकालाई उनको खराब चरणमा प्रोत्साहन दिए।
प्रियंकाले भनिन्, ‘मेरो अनुहार बिल्कुलै फरक देखिन्थ्यो। म डिप्रेसनमा गएँ। तीनवटा फिल्मबाट बाहिरिएपछि म डराएको थिएँ। तर, बुवाले भन्नुभयो– ‘म तिमीसँगै कोठामा बस्छु।’
प्रियंकाले उहाँकै कारणले त्यो फेजबाट बाहिर निस्कन सफल भएको बताएकी छिन्। बुवाकै कारण आफ्नो हराएको आत्मविश्वास फिर्ता आएको प्रियंकाले बताएकी छिन्। उनका बुवाको १० जुन २०१३ मा निधन भयो।
प्रियंकाले बलिउड निर्देशक अनिल शर्माको तारिफ गर्दै भनिन्, ‘म मुख्य भूमिका खेल्ने तयारीमा थिएँ तर अचानक मलाई साइड रोलमा सारियो। सबै कुरा मेरो विरुद्धमा थियो, तब अनिलले भने, थोरै भाग होला तर आफ्नो सबै दिने प्रयास गर्नुपर्छ । मैले ठ्याक्कै त्यही गरें।’
अनिलले प्रियंकाको पहिलो हिन्दी फिल्म ‘द हिरोः लभ स्टोरी अफ अ स्पाई’ निर्देशन गरेका थिए। यहि फिल्मबाट करिअर सुरु गरेकी प्रियंकाले प्रिती जिन्टा र सन्नी देओलसँग काम गरेकी थिइन्।



सञ्चारपथ । २२ बैशाख २०८०, शुक्रबार १३:३१