सुर्खेत । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।
यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् । यो सँगै प्रचण्ड नेतृत्वको सरकारको भविष्य के होला भनेर विभिन्न आकलन गर्न थालिएको छ ।



सञ्चारपथ । २२ बैशाख २०८०, शुक्रबार १३:३६