कर्णाली युवा महोत्सद्धारा २० बुँदे घोषणापत्र जारी

 

सुर्खेत । आइतबारबाट सुरु भएको ‘कर्णाली युवा महोत्सव’ले २० बुँदे घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न गरेको छ ।

महोत्सव अवधिमा भएका अन्तरक्रिया तथा छलफलबाट आएका सुझावहरुको आधारमा २० बुँदे घोषणा पत्र जारी गरिएको हो । उक्त घोषणापत्रलाई सरोकारवाला निकायलाई हस्तान्तरण गरिने युवालयका कार्यकारी निर्देशक सञ्जीव अधिकारीले बताए ।

सम्मुत कर्णालीका लागि साझा अठोट भन्ने नारासहित उक्त महोत्सव आयोजना गरिएको थियो ।

कर्णाली प्रदेश युवा परिषद गठन, प्रदेश युवा नीति निर्माण, कर्णाली प्रदेशमा सीमान्तकृत समुदायभित्रका दलित, मुस्लिम तथा अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने युवा समूहहरुलाई लक्षित गर्दै उच्च शिक्षा तथा प्राविधिक शिक्षाको निशिुल्क व्यवस्था गरी रोजगारीको सुनिििश्चतता गर्ने, युवाहरुको स्वरोजगार अभिवृद्धिका लागि स्थानीय तहसँगको समन्वयमा प्रदेश मन्त्रालयको पहलमा तालिम तथा वित्तीय साक्षरता कक्षाको सुनिश्चितता, सहुलियत रुपमा उचित पुँजी प्राप्त गर्न सकिने संयन्त्रको व्यवस्था गर्न पहल गर्ने घोषणापत्रमा उल्लेख छ ।

डिजिटल माध्यमबाट गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिबाट जोगाउन सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न सरोकारवालहरुसँग पहल गर्ने, युवाहरुलाई कुलतबाट जोगाउन नितीगत व्यवस्था गर्दै आवश्यक सचेतीकरणका कार्यक्रमहरु आयोजना गर्न पहल गर्ने, स्थानीय तथा प्रादेशिक तहको योजना तर्जुमा गर्दा अनिवार्य रुपमा युवाको सहभागिता गराउन पहल गर्ने, प्रदेश भित्रका युवा समूहहरुको क्षमता विकास र संस्थागत विकासमा सहयोग र आवद्धताको व्यवस्थागर्ने पनि घोषणापत्रमा उल्लेख छ

। साथै यौनिक तथा अल्पसंख्यक समुदायको पहिचान गर्न चेतनामूलक कार्यक्रम गरी रोजगारीको व्यवस्था गर्न नीति निर्माणको पहल गर्ने, युवाहरुको मनोभावनाको मध्यनजर गर्दै पढाईमा सहजताका लागि कोष स्थापना गर्ने र पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गर्न स्थानीय तथा प्रादेशिक सरकारलाई आग्रह गरिने पनि युवालयका निर्देशक सञ्जीव अधिकारीले बताए ।

सबै प्रकारका अपांगत भएका युवाहरु, यौनिक तथा लैंगिक अल्पखंख्यक युवाहरु एवम् पछाडि पारिएका युवाहरुको संरक्षण तथा विकासका लागि आवश्यक व्यवस्था गर्ने लगायतका प्रतिबद्धताहरु घोषणापत्रमा समेटिएका छन् ।

युवा सम्मेलनको समापनमा बोल्दै कर्णाली प्रदेशका समाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले प्रदेश सरकारले युवाहरुको हितमा हुनेगरी निर्णय गर्ने बताए । प्रदेशको स्रोतसाधनलाई समुचित प्रयोगमार्फत् रोजगारीको बाटो सिजर्ना गर्दै विदेशिन बाध्य युवालाई स्वेदेशमा स्थापित हुनेखालको नीति निर्माणमा प्रदेश सरकार लाग्ने उनले बताए ।

महोत्सवमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा आबद्ध १०० भन्दा बढी युवाहरु सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया