सुर्खेत । पश्चिम दैलेखको आठबिस नगरपालिका–६ अन्तर्गत पर्ने भामे ठुलामेला सामुदायिक वनकाे आगलागिमा परी १२ जना मजदुरहरु घाइते भएका छन् ।
१२ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
आठबिस नगरपालिकाका उपप्रमुख कल्पना थापाका अनुसार वन क्षेत्रमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निर्माण कार्य हुँदै थियो । वन नजिकै सानो ओडार जस्तो ठाउँ थियो । मजदुरहरु त्यहाँ बसिरहेका थिए ।
‘स्याउला पनि भएकाले बाहिर वनमा लागिरहेको एक्कासी आएर आगाेले भेट्टाएकाे हाे,’उनले भनिन,’ यताउता जाने ठाउँ त्यति सहज थिएन् ।’
उनका अनुसार घाइतेहरुलाई हेलिकप्टोरबाट उद्दारका लागि पहल भइरहेको छ ।



सञ्चारपथ । २७ बैशाख २०८०, बुधबार १०:५७