आगलागिमा परी गम्भीर घाईतेलाई हेलिकप्टोरबाट कोहलपुर लगियो

 

सुर्खेत । पश्चिम दैलेख आठबिसमा आगलागिमा परी गम्भीर घाईलाई हेलिकप्टोरबाट कोहलपुर लगिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको पहलमा गम्भीर चार जनालाई कोलहपुर मेडिकल कलेज लगिएको हो ।

आज दिउँसो आठबिस नगरपालिका–६ अन्तर्गत पर्ने भामे ठुलामेला सामुदायिक वनमा लागेको आगोमा परी १२ जना घाइते भएका थिए । जसमध्ये अन्दाजी भैरे विश्वकर्मा, नविन विक, प्रकाश विक, नैना विकलाई नेपाली गम्भीर घाइते भएका थिए । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टोरमा कोलपुुर लगिसकिएको छ भने बाँकी चार जनालाई लिनका लागि हेलिकप्टोर दोस्रो पटक आउने आठबिस नगरपालिका दैलेखका प्रमुख प्रकाशकीय अधिकृत दिलबहादुर शाहीले बताए ।

उनीहरु आज दिउँसो वडा नम्बर ६ को भामे ठुलामेला सामुदायिक वनमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो निर्माणको काम गरिरहेका थिए । गर्मी बढेपछि वनभित्रको सानो ओडार जस्तो ठाउँमा आराम गरिरहेका थिए । नगरपालिकाका उपप्रमुख कल्पना थापाका अनुसार त्यही क्रममा तल्तिरबाट आएको आगोले उनीहरुलाई भेट्टाएको थियो ।

स्थानीय बलबहादुर थापाका अनुसार बसिरहेको स्थान अलि अफ्ठेरो स्थान थियो । भाग्दा भाग्दै आगोले समातेको थियो ।

 

याे पनि

आगलागिमा परी दैलेख आठबिसका १२ जना घाइते, ४ जनाको अवस्था गम्भीर

तपाईको प्रतिक्रिया