जाजरकोट । जाजरकोटमा वनमा लागेको आगोमा परी एक जनाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा भेरी नगरपालिका –७ का दलजित कार्की रहेका छन् ।
उनी अध्यक्ष समेत रहेको पातिहाल्न सामुदायिक वनमा आगो लागेको थियो । उनी निभाउन भन्दै जंगलमा गएका थिए । त्यही क्रममा जलेर उनको मृत्यू भएको जाजरकोट प्रहरीले जनाएको छ ।
यसअघि आगोलमा परी दैलेखमा पनि एक जनाको मृत्यू भएको थियो ।



सञ्चारपथ । २९ बैशाख २०८०, शुक्रबार ०७:२९