सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जन्मजात फरक क्षमता भएकाहरुलाई घरमै गएर नागरिकता वितरण गरेको छ । शुक्रबार जन्मजात फरक क्षमता भएकी वीरेन्द्रनगर नगरपालिका–४ यरीचोककी २० वर्षीया रोशनी थापाले घरमै पुगेर नागरिकता दिइएको थियो ।
फरक क्षमता भएकी थापाका अभिभावकले जिल्ला प्रशासन कार्यालयमा नागरिकता पाउँ भनेर निवेदन दिएका थिए । त्यसमैका आधारमा उनकै घरमा आएर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत सुर्यबहादुर थापाले बताए ।
उनका अनुसार थापा पूर्ण रुपमा फरक क्षमताको भएको नागरिकताका लागि प्रशासनमा आएकी थिइन् ।
रोशनीकै सहजताका लागि भएपनि घरमै आएर राज्यबाट पाइने नागरिकता सेवा दिएको उनको भनाई छ ।
रोशनी जन्मजात नै फरक क्षमता भएर जन्मिएकी थिइन् । उनको लामो समयसम्म उपचार गर्दा पनि सम्भव नभएको रोशनीले बताइन् । उनका अनुसार जन्मजात नै मष्तिकघात भएको डाक्टरहरुले बताएका थिए ।



सञ्चारपथ । २९ बैशाख २०८०, शुक्रबार ०९:५७