लक्ष्मणदेव गिरीको ‘सुर्खेतका चर्चित व्यक्ति र विविध वृत्तान्त’ पुस्तक विमोचन

 

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का लक्ष्मणदेव गिरीको ‘सुर्खेतका चर्चित व्यक्ति र विविध वृत्तान्त’ पुस्तक विमोचन गरिएको छ । सनिबार एक कार्यक्रमकाबीच गिरीको उक्त पुस्तक विमोचन गरिएको हो ।

उक्त पुस्तकमा सुर्खेतको इतिहास् समेटिएको छ । यस किताबमा विशेषगरी सुर्खेत जिल्ला बनेपछिका र भेटेसम्म त्यसभन्दा पहिलाका समेत विषयबस्तु समेट्ने प्रयास गरेका छन् ।
जसमा समसामयिक राजनीति, आर्थिक, व्यापारी, शैक्षिक र प्रशासनिक विषयको बारेमा उजागर गरिएको छ ।

वि.सं.२००८ मा जिल्लामै पहिलो विद्यालयका रुपमा गोठिकाँडामा स्थापित विद्यालय र त्यहाँ आएर गुरुकुल शिक्षा प्रणालीको पुस्तकमा चर्चा गरिएको छ ।

२००८ सालबाट प्रारम्भ भएको आधुनिक शिक्षाको प्रक्रिया ले २०३८ सालसम्म आइपुग्दा वीरेन्द्रनगर बहुमुखी क्याम्पसको स्थापना साथै ३० बर्षेको अन्तरालमा उच्च शिक्षातर्फ फट्को मारेको पाइन्छ ।

त्यसको तीन दशकपछि विद्यालय तहको शिक्षा पुरा गर्ने र मध्यपश्चिम विश्वविद्यालयको स्थापना भएको किताबमा उल्लेख गरिएको छ ।
लेखक गिरीले नयाँ पुस्ताले इतिहास् सम्झना गर्न सकुन भन्ने उद्देश्यसहित पुस्तक लेखिएको बताए ।

 

तपाईको प्रतिक्रिया