सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को बार्षिक बजेट निर्माणबारे छलफल गर्न बृहत समन्वय बैठक बोलाएको छ ।
बजेटको पुर्व सन्ध्यामा बार्षिक बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन बृहत समन्वय बैठक आव्हान गरिएको मुख्यमन्त्री तथा मन्त्रपिरिषदको कार्यालयले जनाएको छ ।
बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्यहरु तथा सवै जिल्ला वाट स्थानीय तहका प्रमुखलाई बोलाईएको छ । बैठकमा आगामी बजेटलाई प्रभावकारी बनाउन सवै क्षेत्रवाट सुझाव संकलन गरिने जनाईएको छ ।
समन्वय बैठक आगामी जेठ २ र ३ गते वीरेन्द्रनगर स्थित होटल शुभमा आयोजना गरिएको छ । प्रदेश सरकारले आगामी असार १ गते आगामी आर्थिक वर्षको लागी नयाँ बजेट ल्याउदै छ ।



सञ्चारपथ । ३१ बैशाख २०८०, आईतवार ०५:३४