दलित जनवर्गीय संगठनद्धारा कर्णालीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

 

सुर्खेत । दलित सम्बद्ध जनवर्गीय संगठनहरुले विभिन्न मागसहित कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई ज्ञापनपत्र बुझाएका छन् । शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न निशुल्क भर्ना, परम्परागत शीप प्रबर्धन लगायतका २३ बुँदै माग मुख्यमन्त्री शर्मालाई बुझाइएको हो ।

पत्रमा प्रादेशिक दलित छात्राबासको भवन निर्माणका लागि आवाश्यक बजेट विनियोजन, मुख्यमन्त्री दलित आयआर्जन तथा लक्षित वर्ग कार्यक्रममा बजेट बढाउनुपर्ने, खलो र हलिया प्रथाको अन्त्य गरी मुक्त हलियाको व्यवस्थापन गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।

मागहरुलाई प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटमा समेट्ने गरी मुख्यमन्त्रीलाई पत्र बुझाईएको दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज बसन्त कुमार विश्वकर्माले बताए ।

 

हेर्नुहोस् पत्रमा मागहरु
तपाईको प्रतिक्रिया