सुर्खेत । कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ १० गतेदेखि सुरु हुने भएको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ १० गते दिउँसो ३ बजे आह्वान गर्न प्रदेश प्रमुख तिलक परियार समक्ष सिफारिस गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।
अधिवेशनमा सरकारको नीति, कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । यतिबेला प्रदेश सरकारले नीति तथा कार्यक्रमको तयारी तिब्र रुपमा पारिरहेको छ भने अर्थमन्त्री बेदराज सिंहले बजेट निर्माणको विषयलाई लिएर बृहत छलफल चलाइरहेका छन् ।


सञ्चारपथ । ५ जेष्ठ २०८०, शुक्रबार ०३:५३