कर्णाली नदीमा डुंगा पल्टिँदा एक जना बेपत्ता

 

सुर्खेत । कर्णाली नदीमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुर्खेतको बराहताल गाउँपालिका–५चेपाङका अन्दाजी ३० बर्षीय उमेश विक रहेका छन् । उनी
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ अन्तर्गत पर्ने जिरागाडी स्थित कर्णाली नदीमा बेपत्ता भएका हुन् । कैलालीतर्फ जाँदै गरेका उनीसहित तीन जनालाई चालकले एकै पटक डुंगामा चढेका थिए । चालकसहित पाँच जना एकै पटक चढेपछि डुंगा पल्टिएको थियो ।

डुंगा दिउँसो करिब ३ बजेतिर पल्टिएको हो । सोही डुंगामा पहिलो चरणमा नदी तरेका बराहताल– १० का वीर बहादुर सुनारका अनुसार चालकलाई २–२ जना गरेर तराउ भन्दा पनि नमानेर चार जनालाई नै एकै पटक चढाएका थिए । अहिले बेपत्ताको खोजी कार्य भइहेको छ ।

तपाईको प्रतिक्रिया