हालै अमेरिकाको टेक्सासमा अचानक १६ हजार घरको विजुलीबत्ति गयो । गत मंगलबार दिउसो १ बजे विद्युत सबस्टेसनमा एउटा यस्तो घटना भयो कि हजारौँ घरको बिजुली आपूर्ति बन्द भयो । कामकाज ठप्प भए, धेरै मानिसहरु घरभित्रै अँध्यारोमा बस्नुपर्यो ।
अस्टिन इनर्जीका प्रवक्ता म्याट मिचेलका अनुसार यस्तो कारणले पनि बत्ति जाला भन्ने उनीहरुले सपनामा पनि सोँचेका थिएनन् ।
मिचेलका अनुसार आमरुपमा उपकरणहरुमा लोखर्के छिरेका कारण विगतमा यस्तो समस्या आउने गर्थ्यो। सबस्टेशन जंगलसँग जोडिएको क्षेत्रमा निर्माण गरिएको हुनाले त्यस्तो हुने गर्दछ। तर अहिले पहिलोपटक सर्प छिरेका कारण हजारौँ घरको बिजुली गयो ।
यसअघि प्रिन्स विलियम काउन्टीमा एक ट्राफिक बत्तीमा सर्प घुस्दा ट्राफिक बत्तीको संकेत नै बिग्रिएको थियो । एजेन्सीको सहयोगमा


सञ्चारपथ । ७ जेष्ठ २०८०, आईतवार १३:०५