मानिसहरु आफ्नो बिहेलाई स्मरणीय बनाउनका लागि पूराना किल्ला, अग्ला पहाडी चुलीदेखि नदी किनारसम्म गएर बिहे गर्दछन् । तर अब भविष्यमा बिहेबारी झनै खास बन्नेवाला छ । किनकी एउटा कम्पनीले अन्तरीक्षमा बिहेबारीको चाँजोपाँजो मिलाउँदैछ ।
Space Perspective नामक उक्त कम्पनीले मानिसलाई पृथ्वीभन्दा बाहिरको संसारमा बिहेको बन्धनमा बाँधिने मौका प्रदान गर्दैछ ।
कम्पनीका सस्थापक जेन पोएन्टरका अनुसार सेलिब्रेटी बनेर यसरी बिहे गर्ने इच्छा राखेका मानिसहरुको प्रतिक्षासूचि निकै लामो छ।
उनी भन्छन् : अन्य सबै अन्तरीक्षयानमा उडानको बीचमा चालकदलको हिस्सा विमानबाट अलग हुन्छ र दोश्रो उडान प्रणालीमा स्थानान्तरण हुन्छ । तर स्पेससीप नेप्च्यूनको क्याप्सुल भने उडानदेखि अवतरण सम्म पूरै यात्राभरी नै स्पेस बेलुनभित्र सुरक्षित रुपमा रहन्छ। जसका कारण यस्तो अन्तरीक्ष उडान निकै सरस हुन्छ।
कम्पनीको वेबसाइटमा जनाइए अनुसार उक्त बेलुनमा प्रयोग भएको प्रविधि पहिलेदेखि नै प्रमाणित भैसकेको छ । यसको उपयोग नासाको टोली तथा अन्य अमेरिकी सरकारी एजेन्सीहरुले गर्दै आएका छन्।
स्पेस पर्सपेक्टिभ कम्पनीको स्थापना बायोस्फियरका २ का दुईजना पूर्व चालकदल सदस्यहरुले गरेका हुन् । सो कम्पनीको एरिजोनामा एउटा अर्थ सिस्टम साइन्स रिसर्च केन्द्र छ। कम्पनीका डेभलपमेन्ट इन्जिनियर भिन्सेन्ट बाखेटका अनुसार नेप्च्यूनका झ्यालहरु अन्तरीक्षमा यात्रा गर्ने सबैभन्दा ठूला झ्याल हुनेछन्।
अन्तरीक्षमा गएर बिहे गर्न चाहने जोडीहरुले सन् २०२४ को अन्त्यसम्ममा कम्पनीको वेबसाइटमा गएर नाम दर्ता गराउन सक्नेछन् । यद्यपि यो बिहेको खर्च हामी धेरैको बसमा हुनेछैन। किनकी अन्तरीक्षमा बिहेबारी गर्न जानका लागि नेप्च्यून क्याप्सुलमा एक सिटको मूल्य १ लाख २५ हजार डलर अर्थात् करीब १ करोड ७० लाख रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।
एजेन्सीको सहयोगमा


सञ्चारपथ । ७ जेष्ठ २०८०, आईतवार १३:०८