यी आदर्शवादी मेयर–जो पारिश्रमिक लिँदैनन्, हरेक शुक्रबार श्रमदान गर्छन्

 

मुगुको छाँयानाथ रारा नगरपालिका नगर प्रमुख विष्णुकुमार भाम त्यस्ता मेयर हुन्–जसले पारिश्रमिक लिँदैनन् ।

निर्वाचित भएको एक वर्षसम्म आफूले कुनै पनि सेवा सुविधा नलिएको उनको दाबी छ । आगामी दिनहरुमा सामान्य खादा पनि नलगाउने र प्रशोधित मिनिरल वाटर पानी पनि नखाने उनले घोषणा गरेका छन् ।

उनी भन्छन्–‘अहिले पनि नगरपालिका आउने चैन धारोबाट पानी ल्याएर प्यास मेटाई रहेको छु ।’

भामले कुनै पनि औपचारिक कार्यक्रम गर्दा होस् वा कुनै पाहुनाले ल्याउने खादा नलगाउने बताएका छन् । आइतबार पहिलो पटक नागरिक र सरोकारवालाबीच सार्वजानिक सुनुवाई कार्यक्रम गरेका मेयर भामले आफु जनतालाई भुलेर कुनै नराम्रो काम नगर्ने बताए ।

आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर प्रमुख भामले निर्वाचनका ताका नागरिक सामु गरेका बचनलाई आत्मसाथ गर्दे सानो रकम मौज्दात रहे पनि गरिब दुखीलाई केही राहत पुग्ने हेतुले खादा, मिनरल वाटर प्रयोग नगरेको सुनाए ।

भावी कार्यक्रमलाई सार्थकता पार्न आफूले ५ वर्षसम्म पाउने सेवा सुविधाबाट एम्बुलेन्स किन्ने योजना उनकोा छ ।

नगरपालिकाबाट मोबाइल खर्च, क्वार्टर, रासन खर्च पनि नलिएको उनले बताए । सार्वजानिक कार्यक्रममा नागरिकले विभिन्न सुझाव राखेका थिए ।

नगर प्रमुख भामले हरेक हप्ता गर्ने आफ्नो दैनिकी कार्य तालिका सार्वजनिक गरेका छन् । उनले आइतवार, सोमवार, बुधवार र विहीवार कार्यालयमा रहने मंगलवार अनुगमन र शुक्रवार श्रमदान र सरसफाईमा रहने तालिका सार्वजानिक गरेका छन् ।

तपाईको प्रतिक्रिया