योगेश भट्टराईलाई झकबहादुर मल्लको काउण्टर जवाफ र ७ प्रश्न

 

सुर्खेत । सोमबार प्रतिनिधि सभामा नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (माओवादी)ले थालेको १० बर्षे जनयुद्धको विषयमा प्रश्न उठाए ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले जनयुद्ध शब्दको विषयमा संविधान निर्माणका क्रममा ब्यापक छलफल भएको स्मरण गराउँदै अहिले नीति तथा कार्यक्रममा उक्त शब्द लेखिएकोप्रति आपत्ति जनाए ।

संविधान निर्माणपछि जनयुद्ध शब्द कुनै पनि सरकारी दस्तावेजमा नरहेको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उक्त शब्द वाचन गराइएको भन्दै आलोजना गरेका थिए ।

त्यसपछि बोलेका माओवादीका सांसद देबेन्द्र पौडेलले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै डिस्नेरी हेर्न सुझाव दिएका थिए । जनता सहभागी भएका आन्दोलन र युद्धलाई नै जनआन्दोलन र जनयुद्ध भनिने भन्दै पौडेलले भट्टराईलाई डिस्नेरी हेर्न सुझाव दिए । तर, योगेश भट्टराईले विभिन्न घटनाहरु जोडेर सामाजि सञ्जाल फेसबुकमा माओवादीमाथि विसवमन गरे ।

माओवादीका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला इञ्चार्ज झकबहादुर मल्ल (सुदीप)ले भट्टराईलाई काउण्टर जवाफ दिएका छन् ।

हेनुहोस् मल्लको जवाफ र ७ प्रश्न :

इतिहास तिर फर्केर गौरवपूर्ण जनयुद्ध माथि प्रश्न गर्नेले कान खोलेर सुन्

१– नेकपाको विधान र प्रतिवेदनमा आफैँले हस्ताक्षर गर्दा के होलीवाइनको नशामा बेहोस हुनुहुन्थ्यो ?

२– २०७६ सालमा पार्टी कार्यालयमा गरिएको जनयुद्ध दिवसको सन्दर्भमा तपाईंले बोलेका कुरा केवल झूठका पुलिन्दा थिए ?

३–हेक्का रहोस् नेपाली राजनैतिक इतिहासको कर्वट बदल्ने महान् जनयुद्ध सर्वस्वीकार्य ऐतिहासिक कोशेढुंगा हो । जनयुद्धरुपि यो विशाल पहाडसँग ठोक्किने जुनसुकै शक्ति वा व्यक्तिको इतिहास आंशिक वा पूर्णरुपमा धरासायी भएको छ।

४– राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि सेना र प्रहरीले तिम्रा पिँडुला रंगिनेगरि लाठीचार्ज गरेको र सयौं कार्यकर्ता प्रहरी हिरासतमा पुग्दा के हविगत भएको थियो, सम्झिने प्रयास गरेका छौं ?

५– स्कुल पढ्दै गरेको ११ वर्षीय दिलबहादुर रम्तेललाई स्कुलमै गोली हानेर हत्याको शुरुवात के राज्यले गरेको थिएन ? खाराको बस्ती जलाउने बाँके र बर्दियामा सयौं निहत्था नेता र कार्यकर्ताहरुलाई हत्या र बलात्कार गर्दै बेपत्ता पार्ने काम को सुरुवात राज्यले गरेको होइन ? कालिकोटको विमानस्थलमा काम गर्न गएका ३० जना मजदुरहरुलाई लाइन लगाएर गोली हानेको तिम्रै सत्ताले होइन ? बाबु जनसेनाको कमाण्डर भएको कारण उसको ६ महिनाको छोरालाई कोटबाडामा मारेको तिमिले सुनेनौ ?

६– सास्कृतिक कार्यक्रम सकेर हिड्दै गरेकी मेरो जीवनसंगिनी भूमिसरा ओली र गंगा घर्ती लाई एकघण्टा हिंडाएर सैनिक क्याम्पमा २०५९ जेठमा पुर्याएको देख्ने तिम्रा दर्जनौं कार्यकर्तालाई सोध रातभर के गरियो र भोलिपल्ट दोहोरो भिडन्तमा मारिएको प्रचार गरियो यो कुरा बुझ्दैनौ ?

७– तत्कालीन अवस्थामा तिम्रो पार्टीसमेत सहभागी संयुक्त वामपन्थी आन्दोलन र त्यसले निर्माण गरेको समितिले निकालेको छानबिन प्रतिवेदन जसमा राज्यले कानुन र मानवअधिकारको उल्लंघन गर्दै सुर्खेतमा गणेश न्यौपाने र डिला थापालाई गरेको गैरन्यायिक हत्याको तिमीले कसरी व्यख्या गर्छौं ?

 

के लेखेका छन् योगेश भट्टराईले सामाजिक सञ्जालमा हेर्नुहोस् :

मेरो प्रश्न नेपाली कांग्रेसलाई थियो तर टिप्पणी माओवादीबाट आयो, तलका बिषयमा पनि टिप्पणी आओस न त !

आँखा जुधाएर मात्र होइन मित्र, तपाईंहरुका कारण ज्यान जोखिममा रहेको बेला पनि छाती पिटेर बहस गरेका हौ, स्मरण रहोस् ।

— गुडीरहेको गाडीमा आगो लगाएर बालिका काजोल खातुनको निर्दयतापुर्बक हत्या मान्छेले गरेको हो ?

—स्कुलमा पढाईरहेका शिक्षक लमजुङका मुक्तिनाथ अधिकारी, ओखलढुङ्गाका गुरुप्रसाद लुइटेल, स्याङ्जाका गुप्तबहादुर बिक र म्याग्दीका मणीलाल शर्मालाई कक्षा कोठाबाट घिसारेर शरीरका दर्जनौ ठाउँमा किला ठोकी ठोकी हत्या गर्नेकाम मान्छेले नै गरेको हो त ?

—घरमा सुतिरहेका बुद्धिमान पाख्रिनलाई ओछ्यानबाटै घिसारेर सँबेदनशील अंगमा किला ठोकी ठोकी हत्या मान्छेले गर्न सक्छ ?

—स्वतन्त्रता पुर्वक कलम चलाऊने पत्रकार डेकेन्द्र थापा, विरेन्द्र शाह, ज्ञानेन्द्र खड्का लगायतका दर्जनौ पत्रकारको हत्या बनमान्छेले गरेको हो त महोदय ?

—यदु गौतम, कृष्ण सापकोटा, नबराज सुबेदी, तिलक पाण्डे, रामहरी श्रेष्ठको हत्या मान्छेले गर्न सक्छ ?

—हारजङमा घरभित्र सुतिरहेका मानिसहरुलाई आगो लगाएर जिउंदै जलाएर मर्नेकाम के मान्छेले गर्नसक्छ ?

—यि केही नमुना घट्ना मात्र हुन । लेख्दै जाने हो भने ठुलै ठेली नै बन्छ ।

—संबिधान निर्माणको समयमा ” जनयुद्ध”, बहुलबाद लगायतमा भएका बहसको स्मरणहोस ।

—संबिधानले के भन्छ त्यो पनि हेरौ ।

—सरकारको निती तथा कार्यक्रम राष्ट्रको आधिकारिक दस्ताबेज हो जो संबिधान सम्मत हुनु पर्छ ।

—पार्टीको दस्तावेजमा के लेख्ने त्यो सम्बन्धित पार्टीको कुरा हो तर सरकारी दस्तावेजमा सार्वजनिक चासो हुन्छ ।

तपाईको प्रतिक्रिया