संसद भवनभित्र खुट्टा ढाकिने फोहोर थुप्रिएको देखियो: जीवन शाही

 

सुर्खेत । कर्णालीका पुर्वमुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संसद भवनभित्र फोहोर थुप्रिएको बताएका छन् ।
उनले सदन दलको हलजस्तो बनेको र त्यहाँ जाँदा खुट्टा ढाक्ने फोहोर टेबुलमाथि थुप्रिएको बताए ।

बुधबारको संसद बैठकमा बोल्दै शाहीले भने,‘ ‘त्यहाँ निराशा पैदा भयो, अनि त्यसपछि ट्वाईलेटतिर गएँ । त्यहाँ एक थोपा न पानी छ न केही, झ्यालमा माकुराको जालो थुप्रिएको देखियो । कतै हामी माकुराको जालोभित्र त परेनौँ भन्ने लाग्यो ।’

साथै बजेट अधिवेशनको पहिलो बैठकमा सचिवहरु उपस्थित नभएको प्रति पनि आपत्ति जनाए । साथै उलने मन्त्रीहरुले नै दौरा सुरुवाल नलगाएको भन्दै आपत्ति जनाएका छन् । हेर्दा सानो कुरा भएपनि त्यसको पहिचान महत्वपुर्ण रहेको भन्दै सदन र क्याविनेटमा मन्त्रीले दौरा सुरुवाल लगाएर आउनुपर्ने उनको भनाई छ ।

बुधबार प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै शाहीले सुरुमा सदनबाट कुरा सुरु गरेका थिए । ‘कर्णालीको पहिचान दौरा सुरुवाल हो तर, मन्त्रीहरुले दौरा सुरुवाल लगाएको देखिएन,’ शाहीले भने,‘ सदन र क्याविनेटमा दौरा सुरुवाल लगाउनुपर्ने हो ।’

बैठकमा मुख्यमन्त्री र माओवादी मन्त्रीहरुले दौरा सुरुवाल लगाएका थिएनन् । उनले अगाडि भने,‘ मन्त्री ज्यूहरुलाई हेरेँ नीति, कार्यक्रम बनाउन हतार भएर होला, कपडा लगाएको पनि देखिँन, सुध्रिने हामीबाट होला नि !’

 

तपाईको प्रतिक्रिया