नेपाल सरकारले कृषि तथा पशुपन्छी विकासमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ। यो लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको हो।
सोमबार दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष (आव २०८०–८१) को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको भन्दा ३ अर्ब ९ करोड रुपैयाँले धेरै बजेट प्रस्तुत गरेका हुन्।
चालु आर्थिक वर्षमा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।
यस्ता छन् कृषि बजेटका विशेषताः
पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वदेशमै भ्याक्सिन उत्पादन गरिने।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि बजेट ५८ अर्ब ९८ करोड बजेट विनियोजन।
जीडीपीमा कृषि क्षेत्रको योगदान बढाइने।
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने।
१०० स्थानीय तहमा धान र आलु खेती विस्तार गरिने।
रासायनिक मलमा दोब्बर बजेट।
मल, बिउ र बिमा बाहेकका सबै कृषि अनुदान अब उत्पादन पछि मात्रै।
धरान, सिन्धुली, धनुषा, सिरहा र सुर्खेतका थोक तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला खोलिने।
उत्कृष्ट किसानलाई कृषकलाई ‘राष्ट्रपति उत्कृष्ठ किसान’ सम्मन दिइने।
एक सय स्थानिय तहमा पोषिलो घाँसे बाली विकास गरिने।
कृषिमा पनि युवा स्टार्टअब विकास गरिने कृषिमा युवा परिचालन गर्न एक अर्ब २० करोड बजेट।
कृषि बीमामा बजेट विनियोजन।
किसानको बाली बाँदर लगायतका जंगली जनावरबाट बचाउन तारबार गर्न बजेट बिनियोजन।


सञ्चारपथ । १५ जेष्ठ २०८०, सोमबार १२:२०