सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
अन्तर सरकारी वित्त हस्तान्तरण अन्तरगत कुल बजेटबाट प्रदेश र स्थानीय तहमा ४ खर्ब ८ अर्ब रुपैयाँ प्रदान गरिएको छ ।
खर्चको व्यवस्थापनका लागि राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रुपैयाँ, ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुने देखिएको छ ।
सो न्यून हुने खर्च वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड रुपैयाँ र बाँकी अपुग २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यवस्थापन गरिने सरकारले जनाएको छ ।


सञ्चारपथ । १५ जेष्ठ २०८०, सोमबार १४:०३