सुर्खेत । देश किन बन्न सकेन होला भनेर सोच्ने हो भने नराम्रो हुन् थाल्यो भन्दा पनि राम्रो हुन थाल्यो भनेर चिन्ता गर्नेहरुको संख्या बढेको हुँदा देशको अवस्था यो भएको हो कि भन्ने लागेको छ । हामीले संघीयताको पहिलो पाँच बर्षे कार्यकालमा सकरात्मक सोचका साथ प्रयत्न गर्दा गर्दै पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेनौँ ।
नीति तथा कार्यक्रम बनाउँदा हामीले विगत पाँच बर्षे कार्यकालको समीक्षा गर्नुपथ्र्यो । समीक्षाले नै अगाडि बढ्न सहज हुने भएकाले संघीयतालाई बलियो पार्न भएपनि समीक्षा गरेर अघि बढ्नुपर्ने हो । त्यसमा भएका कमजोरीलाई औँल्याउँदै अघि बढ्दा सहज हुने थियो ।
नराम्रो गरौँ भन्ने कसैको चाहना हुन्न्, हामीलाई जनताले धारे हात लगाएर गाली गरुन भनेर कसैले चाहन्न, सकेसम्म रुपान्तरण नै गर्नुपर्छ भन्ने हुन्छ । हामीले जे नीति तथा कार्यक्रम तय गरेका छौँ, बजेट तय ग¥यौँ तर, कार्यान्वयन हुन सकेन, परीणाम निस्केन, जनताको जीवनस्तर परिवर्तन गर्न सकेनौँ, कर्णाली समृद्धिको मार्गलाई नयाँ उचाईँमा लिन सकेनौँ । त्यसको एउटै कारण हो आवाश्यकता अनुसारको जनशक्तिको व्यवस्थापन भएन । कर्णाली प्रदेशको जनशक्ति जे छ त्यसले कर्णालीको आवाश्यकतालाई पुरा गर्ने खालको छैन ।
कर्णालीको वन के हो ? केही मात्रामा काठ हो, त्यो भन्दा बढी जडीबुटी हो । तर, हाम्रो जनशक्ति कस्तो छ त भन्दा जनरल फरेष्टिको मात्र छ । त्यसले काम गरेर हाम्रो जडीबुटीको क्षेत्रमा विकास र परिवर्तन गर्न सक्छौँ त ? सकिँदैन । बोटानिकलको एउटा पनि दरबन्दी छैन । जनलस्रोतको धनी प्रदेश भनिन्छ । जलस्रोतको उपभोग गर्ने पनि भन्छौँ, त्यसको तर, हाईड्रो, इञ्जिनियर सम्बन्धी जनशक्ति छैन ।
पर्यटनलाई एउटा शाखाका रुपमा राखिएको छ, एउटा सामान्य कर्मचारीले त्यो शाखा हेरिरहनुभएको छ । त्यस्तो खालको समस्याले हामी कर्णालीलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैनौँ । नीति, कार्यक्रम र बजेटमा राखेपनि आवाश्यक अनुसारको जनशक्ति नहुँदा कर्णाली समृद्धिको मार्गमा अघि बढ्न नसकेको हो । हामीले प्रदेशको आवाश्यकता, त्यो अनुसारको स्रोत र त्यो अनुसारको जनशक्ति सम्बन्धी नयाँ तरिकाले नयाँ संगठन संरचना निर्माण गरेर अघि बढ्नुपर्छ ।
उदारणका लागि पर्यटकीय हिसाबमा रारा, शे–फोक्सुण्डो, मानसरोवर छ, पञ्चकोशी छ तर, हामी आफ्नो घर अगाडिको कुल देवताको मन्दीरसम्म पुग्ने खतरता छ । यस्तो खालको प्रवृत्तिले कर्णाली समृद्धिको बाटोमा हिड्न सक्दैन ।
अर्कोतर्फ कतिपय विषयहरु सबै एउटै ठाउँमा केन्दीत भएका छन् । प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा भेरिगंगाको छिन्चुदेखि मैनतडासम्म औद्योगिक करिडोरको परिकल्पना गरिएको छ । संघीय सरकारले त्यहीँ ठाउँमा अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउने कार्यक्रम छ भने त्यहीँ ठाउँमै स्मार्ट सिटी बनाउने संघीय सरकारको कार्यक्रम छ ।
सबै महत्वपुर्ण योजना एउटै पालिकामा केन्द्रीत बनाउने प्रवृत्तिले सबै ठाउँको प्रतिनिधित्व गर्न सक्दैन । एउटा गाउँ मात्र होइन समर्ग कर्णाली बनाउनतर्फ ध्यान दिनुप¥यो ।
पुर्व अर्थमन्त्री विन्दमान विष्टले बिहीबार प्रदेश सभा बैठकमा राखेको भनाइ जस्ताको त्यस्तै



सञ्चारपथ । २५ जेष्ठ २०८०, बिहीबार १२:००