वीरेन्द्रनगरका सामुदायिक विद्यालय असार १ सम्म बन्द

 

सुर्खेत । वीरेन्द्रनगरका सामुदायिक विद्यालयहरु पनि असार १ गतेसम्म बन्द हुने भएका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाले शुक्रबार पत्राचार गर्दै असार १ गतेसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुनसक्ने प्रकिुलतालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न निर्देशन दिइएको हो । साथै गर्मी बढेकाले मौसक विद्यार्थीको सिकाई अनुकुल नभएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया