सुर्खेत। कालिकाेटमा जिप दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शुभकालिका गाउँपालिका- २ भर्ताका ३० वर्षका गाडी चालक हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेखकाे नौमुले घर भएका २५ वर्षिय गोपाल सलामी मगरको मृत्यु भएको हो।
गएराति १२ : ३० बजेतिर शुभकालिका गाँउपालिका-६ चिसापानीस्थित बेहुली पान्तडी सडकखण्डमा चौकी बजारदेखि हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी जयस्वर रिमालले जानकारी दिए।
दुर्घटनाकाे कारण भने खुलेको छैन।



सञ्चारपथ । २८ जेष्ठ २०८०, आईतवार ०२:५०