सुर्खेत । वीरेन्द्रनगरबाट एक जना महिलासहित दुई जना लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–३ का अन्दाजी ३० बर्षीय अर्जुन देवकोटा, बाँके नेपालगंज उप–महानगर पालिका–११ का अन्दाजी २४ बर्षीय खिरोज खान र नेपालगंज उपमहानगरपालिका –१८ की अन्दाजी २३ बर्षीय सारदा सिंह रहेका छन् ।
खान र देवकोटालाई वीरेन्द्रनगरको मंगलगढी चोक नजिक रहेको हार्दिक होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
उनीहरुलाई त्यहाँ शंकास्पद रुपमा बसिरहेको भन्ने सुचनाका आधारमा प्रहरीले छापा हानेको थियो । चेकजाँच गर्दा उनीहरुको साथबाट नापतौल लागुऔषध, ३ हजार नेपाली र २ हजार ६ सय भारती रुपैयाँ, एक थान सादा मोबाईल, एक थान टच मोबाईल पाइएको प्रहरीले बतायाे ।
उनीहरुको साथमा ८ ग्राम लागुऔषध रहेको थियो । यस्तै सिंहलाई भने वीरेन्द्रनगर नगरपालिका–३ को माया कर्णाली होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथमा ११ ग्राम ८२० मिलिग्राम लागुऔषध, एक थान सादा मोबाईल रहेको प्रहरीले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सञ्चारपथ । २८ जेष्ठ २०८०, आईतवार ०९:२३