कर्णाली प्रदेश ईक्वीष्ट्रेन संघ गठन, अध्यक्षमा हेमन्त बुढा

 

सुर्खेत । कर्णाली प्रदेश ईक्वीष्ट्रेन (घोडचढी) संघ गठन भएको छ ।

आज वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उक्त संघ गठन गरिएको हो । जसको अध्भ्यक्षमा हेमन्त बुढा सर्वसम्मत चयन भएका छन् ।

यस्तै उपाध्यक्ष हिरा जैसी, सचिवमा बिक्रम कुमाल, कोषाध्यक्ष दिपक खड्का, सह–सचिवमा धर्मजंग शाही चयन भएका छन् । ११ सदस्यीय समितिमा एक जना उपाध्यक्ष र ३ जना सदस्य भने चयन गर्न बाँकी रहेको छ ।

कार्यक्रममा नेपाल ईक्वीष्ट्रेन एशोसियसनका केन्द्रिय महासचिव लोकजंग लामा सहभागी थिए ।

तपाईको प्रतिक्रिया