कर्णालीले सिंगो देशलाई पाल्न सक्छ : मुख्यमन्त्री शर्मा

 

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीले सिंगो देशलाई पाल्न सक्ने बताएका छन् ।

कर्णालीका स्राधन, स्रोतको उचित र सहि तरिकाले प्रयोग गर्न सके कर्णालीले सिंगो देशलाई पाल्न सक्ने उनको तर्क छ ।

सोमबार वीरेन्द्रनगरमा नागरिक लगानी कोषको शाखा कार्यालयको उद्घाटन गर्दै उनले भने,‘ कर्णाली सुनको डल्लो हो, कर्णलीले सिंगो देशलाई नाफामा लिन सक्छ । तर, आफै गरिबीको रेखामुनी बाँचिरहेको छ ।’

नागरिक लगानी कोषको कार्यालय कार्यालय वीरेन्द्रनगर नगरपालिका–८ खजुरामा रहेको छ । सरकारी स्वामित्व रहेको उक्त लगानी कोषले कर्णालीको आर्थिक विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचन गर्न प्रोत्साहित गर्ने र लगानीका अवसरहरु बढाउनका लागि कार्यालयको स्थापना भएको हो । साथै कर्णालीको पुँजी बजारको विकासका समेत नागरिक लगानी कोषले टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

उक्त कार्यलय सुर्खेतमा स्थापना भएपनि कर्णालीका सबै नागरिकहरुमा सेवा प्रवाह गरिने बताइको छ

तपाईको प्रतिक्रिया