कुलो खन्ने क्रममा ढुङ्गा लागेर मृत्यू

 

मुगु । कुलो खन्ने क्रममा माथिबाट आएको ढुंगा लागेर एक जनाको मृत्यू भएको छ ।

मृत्यू हुनेमा सोरु गाउँपालिका–९ खनयाका १७ बर्षीय युवराज शाही रहेका छन् ।

उनी सोमबार बिहानै खेतमा पानी लगाउन गएका थिए ।

कुलो खनिरहेको बेला पशु चौपायाले माथिबाट ढुङ्गा खसाई ढुङ्गा उनको छातिमा लागेको थियो ।
घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यू भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया