— चन्द्र रावत ‘गुराँस’
वडा कार्यलयको ढोका ढक्ढकाउदै
उसले माग्यो आफ्ना बाको नाम
नगरपालिकाको टेबुलमा
उसले निबेदन तेस्रायो–मोहदय,
एक हातले ताली बज्दैन भने
बिना बाबुको छोरा म कसरी भएँ ?
छानबिन गरी पाउँ
यसरी नै प्रशाशन कार्यलयमा उसले भन्यो
सिडिओ साप
अब मैले नागरिकता पाउदैन भने
शडक बालकको परिचय पत्र पाउँ
परिचय बिनाको मान्छे ऊ
सिंगो सभ्यताको अघिल्तिर
आफुले भोगिसकेको समाजलाई
प्रस्नै प्रस्नको खात लगाउछ ।
कार्यलय धाउदा धाउदा
कतिजोर जुत्ता च्यातिय पछि नागरिकता पाईन्छ ?
कसको पाटी सरकारमा गएपछि नागरिकता पाईन्छ ?
मेयर सभासद् वा मन्त्री
कस्को चाकरी गर्दा नागरिकता पाईन्छ ?
सोच्छ ,धेरै पटक सोच्छ
उसको नागरिकतामा राजनिती गर्नेहरुले
उसका बाको नाम लुकाईदिएका छन्
चिना लेखाउने बाउन र
विध्यालमा नाम लेखाउने हेडमास्टरले समेत
उसका बाको नाम लुकाईदिए
तेसैले त आज ऊ
ब्रमान्ड बाट उछिट्टिएको
उल्का पिण्ड जस्तै भएको छ
आफ्नो हुलिया मिल्ने संग
उसले धेरै पटक भन्यो
मेरो नागरिकतिमा बाबुको नाम टाँस्नु पर्दा
हजुरकै नाम टाँस्ने छु
किनभने
म हजुरबाट हुलफालमा भएको छोरा
उसकी आमाले जे भनेकी थिइन् उसले तेही भन्यो
यसो भन्दै गर्दा, उ अझै असुरक्षित भयो
उसले कसैको ईज्यत माथि खेलबाड गर्यो
त्यो इज्यतिलो मान्छे
उसकी आमाको जवानीमा
खेलवाड गर्ने मान्छे हो
ऊसकी आमाको जवानीमा
ओछ्यानको साथी भयो तर
जीन्दगीको साथी भएन
यही मोडमा
समाजले आँखा बन्द गरिदियो
कानुन पैसामा बिक्रि भयो
र आज ऊ
परिचय विहिन भएर सडकमा गयो ।
साहित्यकारले यो कविता एक जना नागरिकताविहीन व्यक्तिको जीवनमा आधारित रहेर लेखेका हुन् ।


सञ्चारपथ । ३० जेष्ठ २०८०, मंगलवार ०६:२४