राष्ट्रपति पौडेल अस्पताल भर्ना, के भएको हो ?

 

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरी उनको थप उपचार भइरहेको छ ।

तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएन । अस्पतालका निर्देशक डा। चन्द्रमणि अधिकारीले यस विषयमा केही बोल्न चाहेनन् ।

तपाईको प्रतिक्रिया