सुर्खेत । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा बीमा सचेतना सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका र प्रभु इन्स्योरेन्स लिमिटेड बिच एकदिने बिमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । बीमा सम्बन्धी नागरिकलाई सचेतना फैलाउने र बीमाको पहूँच विस्तार गर्ने उद्देश्यसहित उक्त कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दामोदर प्रसाद आचार्यले ग्रामिण बस्तीहरुमा पनि बीमाको आवाश्यकता रहेको बताए ।
‘कृषि बीमा पशु बीमा तथा सम्पत्ति बीमाको आवाश्यकता गाउँमा देखिन्छ,’ उनले भने, ‘अब बीमा कम्पनीहरु शहर बजार केन्द्रीत मात्र नभई गाउँ केन्द्रीत हुनुहोस् ।’ साथै उनले जुम्ला जिल्ला कृषि क्षेत्रको हव भएकाले पनि यहाँ बीमाको आवाश्यकता रहेको बताए ।
प्रभु इन्स्योरेन्स लिमिटेड सुर्खेत शाखाका प्रमुख कलम रोकायाले सबै नागरिकमा बीमाको बारेमा जानकारी नभएकाले बीमा बारे सबैलाई सचेतना फैलाइने बताए । त्यसमा राज्यले पनि पहल कदमी लिनुपर्ने उनको भनाई छ ।
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) का अध्यक्ष योगेन्द्र बहादुर कार्कीले निर्जिवन बीमाको आवाश्यकता र यसको महत्वको बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा गाउँपालिकाका उपाअध्यक्ष प्रेमकली बुढा, प्रमुख प्रशासकीय अधिकृत्त टेक बहादुर शाही, स्थानीय वडाध्यक्ष्यहरु लगायत ७० जनाको सहभागीता रहेको थियो ।



सञ्चारपथ । ३० जेष्ठ २०८०, मंगलवार ०९:५३