प्रधानमन्त्री प्रचण्ड आज दैलेख आउँदै, यस्ताे छ कारण

 

दैलेख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दैलेख आउन लागेका छन् ।

दाहाल, लम्साल, रुपाखेती, कुँबर तथा राणाहरुको पुख्र्यौली दह गाउँमा कुल शिरोमणि दाशुको शालिक अनावरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार दैलेख आउन लागेका हुन् ।

दाशुको सुरुको बसोबास मानिएको दह गाउँमा साढे छ फिटको पूर्णकदको शालिक स्थापना गरिएको छ ।

दाशुको शालिक जेठ २५ गते काठमाडौंबाट रथमा राखी देवघाट, नारायघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ्ग, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पु¥याइएको हो ।

दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तीर्थस्थल र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्य राखिएको प्रतिष्ठान गठन गरिएको छ ।

कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाशुको शालिक निर्माण तथा संरक्षणको लागि झापाका किशोरकुमार दाहालको संयोजकत्वमा पाँच सदस्यीय विशेष कार्यदल समेत बनाएको थियो । प्रतिष्ठानले दाहाल, लम्साल, रुपाखेती, कुँबर तथा राणाहरु एकै कुल बंशीय भएको बंशावली समेत तयार पारेको छ ।

 

तपाईको प्रतिक्रिया