३२ जेठ, काठमाडौं । नेपाल सरकारको मुख्य सचिव पदमा डा। वैकुण्ठ अर्याल नियुक्त भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।
हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषदको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।
अहिले कार्यकाल सकिन लागेका अर्याललाई मुख्य सचिव बनाउन असोजमा कार्यकाल सकिने वैरागीलाई राष्ट्रिय सुरक्षा परिषदको राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको हो ।


सञ्चारपथ । ३२ जेष्ठ २०८०, बिहीबार ०७:०४