सुर्खेत । दैलेखकाे ठाटीकाँध गाउँपालिका–१ खर्चे चौरमा ट्याक्टर दुर्घटना हूँदा ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा ठाटीकाँध गाउँपालिका– १ नुवावनका १७ बर्षीय महेन्द्र शाही, २० बर्षीय कृष्ण जोशी, तपेन्द्र थापा, ३२ बर्षीय नगेन्द्र शाही र सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ११ का ११ बर्षीय शंकर मगर रहेका छन् । घाइते हुनेहरुमा मगर बाहेक चार जना एउटै गाउँका हुन् ।
सनिबार स्थानीय देवलगत अधारभुत विद्यालय नुवावन भवनको प्लाष्टर निर्माणको लागि बालुवा लिई आउँदै गरेको लु ४ त ८३७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडबाट कबिर २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि दुल्लु अस्पताल हुँदै प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएके प्रहरीले जनाएको छ ।


सञ्चारपथ । २ असार २०८०, शनिबार १४:०६