कर्णाली सरकारले ल्यायो ३३ अर्ब ३७ करोड ९७ लाख बजेट (पुर्णपाठसहित )

 

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरिएको छ ।

चालु तर्फ रू. ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ रू. १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रू. ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरेको छु ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट रू. ८३ करोड ६२ लाख १२ हजार, चालु आर्थिक वर्षको खर्च नभइ बचत हुने अनुमानित रकम रू. ७ अर्ब ४१ करोड ६ लाख ५ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँट वापत प्राप्त हुने रकम रू. ८ अर्ब ८४ करोड ३ लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्तू हुन आएको रू. १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट रू. ४ अर्ब ७५ करोड ३ लाख परिचालन गरिनेछ ।

संघीय सरकारबाट प्राप्त् हुने समपूरक अनुदानतर्फ रू. ७६ करोड १६ लाख र विशेष अनुदानतर्फ रू. ५९ करोड ७९ लाख परिचालन गरिनेछ । संघीय सरकारबाट सशर्त अनुदानमा प्राप्त हुने वैदेशिक सहायता बाहेक अन्य वैदेशिक सहायताबाट सञ्चानलित हुने कार्यक्रम कार्यान्वयनका लागि रू. १ करोड ८६ लाख ९० हजार स्रोत परिचालन हुने अर्थमन्त्री बेदराज सिंहले बताए ।

 

हेर्नुहाेस् बजेटकाे पुर्णपाठ

 

Budget_Speech_final_Spech-03-01-2080_Krnali_Hon.-Bedraj-Singh-Final

तपाईको प्रतिक्रिया