सुर्खेत । पार्टीको कार्यक्रममा लागि सनिबार सुर्खेत आएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले कर्णालीलाई धेरैले बेच्ने बाटो बनाएको आरोप लगाए ।
सुर्खेत विमानस्थलमा आयोजित पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सुरुमै टिकापुर घटनाबारे प्रश्न नसोध्न आग्रह गरेका उनले आफु कुनै हत्यारा नभएको दाबी पनि गरे । भने,‘ म हत्यारा भएको भए मलाई मान्छेले यसरी स्वागत गर्थेनन, हिसाब गर्ने हो भने आजसम्म चार ट्रक खादा मालाले मलाई स्वागत गरिएको छ ।’
चौधरीले सुदुरपश्चिम प्रदेशको नाम ‘सुदुरपश्चिम’ राम्रो नभएको र त्यो बदल्नुपर्ने तर्क राखे । सुदुरका भूमिपुत्रहरुको सम्मानका लागि पनि पहिचानका आधारमा नाम राखिनुपर्ने उनको भनाइ थियो । राज्यले सुदुरपश्चिम नाम हटाएर थरुहट प्रदेश नाम रादिदिनुपर्ने उनले बताए ।


सञ्चारपथ । ९ असार २०८०, शनिबार ०५:२१