कस्ताे छ आजकाे माैसम ?

 

मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्य बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

शनिवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले बागमती, मधेश, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै कोशी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

भारी वर्षा र मेघगर्जन, चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै महाशाखाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने जनाएको छ ।

हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका १ वा २ स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।

शनिवार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशभर केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शनिवार राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया