वीरेन्द्रनगरले ल्यायो ३ अर्ब २ करोड ६१ लाखको बजेट

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९ सय ६७ रुपैयाँको बजेट ल्याएको छ ।

नगरपालिकाको १३ औं नगरसभामा नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले उक्त बजेट पेस गरेका हुन् ।

नगरपालिकाको कुल बजेटमा ४० करोड ४३ लाख ९ हजार आन्तरिक आय हुने अनुमान गरिएको छ ।

यस्तै नगरपालिकाले संघीय वित्तीय समानीकरणको अनुदान २२ करोड ८९ लाख, संघीय ससर्त अनुदानबाट १ अर्ब ३८ करोड ३० लाख, संघीय राजस्व बाडँफाँडमा १७ करोड ९६ लाख ३१ हजार, संघीय सरकार विशेष अनुदानको पुँजीगततर्फ १ करोड, संघीय सरकारबाट समपुरक अनुदानमा ५५ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट २ करोड ९३ लाख २६ हजार, प्रदेशबाट ससर्त अनुदानबापत ३१ करोड २९ लाख ९० हजार, संघीय सरकारबाट समपुरक अनुदानमा १ करोड, प्रदेश राजस्व बाडँफाँडबाट ३० लाख ३३ हजार ९ सय ६७ रुपैयाँ आय हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया