बजेट पुस्तक अध्ययनबिनै कर्णाली प्रदेश सभामा छलफल

 

सुर्खेत । बजेट पुस्तकको अध्ययनबिनानै कर्णाली प्रदेश सभामा बजेटमाथिको छलफल चलाइने गरिएको पाइएको छ ।

सांसदहरुले बजेटको पुस्तकको अध्ययन नै गर्न नपाई बैठक चलाइएको भन्दै एमालेले आपत्ति जनाएको छ । बुधबार कर्णाली प्रदेश सभाको २० औं बैठकमा प्रदेश सभा सचिवालय र सामाजिक विकास मन्त्रालयको बजेटमाथिको छलफल चलाइने कार्यसुची रहेको थियो ।

यद्यपि छलफल गर्नुपर्ने मन्त्रालयको बजेट पुस्तक सांसदको हातमा नआएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनायो ।

एमाले सांसद जीतबहादुर मल्लले सुरुमै बजेटमाथिको छलफल अगाडि नबढाउन सभामुख नन्दा गुरुङलाई आग्रह गरे । एमाले प्रमुख सचेतक टेकराज पछाईले पनि किताब प्राप्त नभईकनै छलफल चलाइनु उपयुक्त, नभएको भन्दै बैठक अगाडि नबढाउन आग्रह गरे ।

लगत्तै सत्तापक्ष कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पुस्तक नआएको विषय हटाएर आएको विषयमा छलफल गर्न सभामुखलाई आग्रह गरे । सभामुख गुरुङले पनि सामाजिक विकास मन्त्रालय र प्रदेश सभाको बजेटमाथिको छलफलको कार्यसुची हटाएर कानुन मन्त्रालयको छलफल अगाडि बढाइन् ।

तपाईको प्रतिक्रिया