लम्पी स्किन रोगको सङ्क्रमणबाट कर्णालीमा ७ हजार ६३२ पशुको मृत्यु भएको छ ।
कर्णालीमा लम्पी स्किन रोगका कारण ४ हजार २६४ वटा गोरुको मृत्यु भएको छ । यस्तै एक हजार ८७१ गाई, एक हजार २४७ बाच्छा÷बाच्छी, २४९ भैँसी र दुई वटा चौँरीको मृत्यु भएको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
लम्पी स्किन रोगबाट सबैभन्दा बढी दैलेख, जाजरकोट, हुम्ला र सल्यान जिल्ला प्रभावित भएको छ । दैलेखमा ७४ हजार ३१५ वटा पशुमा रोगको सङ्क्रमण देखिएको छ । जसमा ४७४ वटा पशुको मृत्यु भइसकेको छ । जाजरकोटमा २ हजार ४३० वटा पशुको मृत्यु भएको छ । यस्तै हुम्लामा १ हजार ४६६, सल्यानमा १ हजार १३, सुर्खेतमा १ हजार २८ पशुको मृत्यु भएको छ । सङ्क्रमण दैलेख, सल्यान, सुर्खेत, रुकुम पश्चिम, हुम्ला, जाजरकोटमा बढी देखिएको छ ।
चौँरी विशेष गरी कर्णालीका हिमाली जिल्लामा पाइन्छ । डोल्पामा २ वटा चौँरीको मृत्यु भएको छ भने डोल्पामै ३१ वटा र जुम्लामा १६० वटा चौँरीमा लम्पी स्किनको सङ्क्रमण देखिएको छ । कर्णालीमा रोगको सङ्क्रमित पशु बस्तुको आधारमा मृत्युदर ३ दशमलव ६८ प्रतिशत रहेको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव राजु भुजले बताए ।



सञ्चारपथ । २१ असार २०८०, बिहीबार ०२:०२