गुडीरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको मृत्यू, १ घाइते

 

सल्यान । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यू हुनेमा रोल्पाको गंगादेब गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको चोरखोला भन्ने ठाउँ नजिक विद्युतको ताराहरु लत्रिएका थिए । तारले रा १ ख ८३४ नम्बरको बसलाई छोएको थियो ।

बसलाई छुँदा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ । यस्तै उक्त घटनामा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली घाइते भएको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया