सुर्खेतमा ब्राउन सुगर सहित पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–३ मुलपानीचोकबाट लागूऔषध ब्राउन सुगर सहित वीरेन्द्रनगर नगरपालिका ३ का ३१ वर्षका बिबेक गिरी र सोहि ठाँउमा बस्ने १७ बर्षकी रोशनी वली पक्राउ परेका छन् ।
उनिहरुलाई प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको ५ जनाको प्रहरी टोलीले भुरेलीबाट मुलपानीचोक सम्म भे ९ प ३६५ नम्बरको स्कुटिमा आएको बेला पक्राउ गरेको हो ।
उनिहरुबाट खैरो धुलो पदार्थ नापतौल नगरेको २ पुडिया लागूऔषध ब्राउन सुगर अर्का व्यक्तीलाई खिने क्रममा बरामद गरिएको हो । दुबैजनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी लक्ष्मणबहादुर शाहीले बताए ।
यस्तै सुर्खेतको वीरेद्रनगर नगरपालिका वडा नं. ६ राधाकृष्ण मन्दीर नजीकैबाट प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
त्यहाँबाट पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका वडा नं ५ बस्ने बर्ष २७ को अम्मर बिक, सरस्वतीटोल बस्ने बर्ष २२ को राजन केसी र वडा नं ६ सम्रिक टोल बस्ने बर्ष ३२ को ढकेन्द्र बिकलाई शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेलापारी निजहरुको शरिर तलासी गर्दा निजहरुको साथबाट शुद्ध २ सय ८० ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेलापारी बरामद गरी निजहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पनि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको छ ।


सञ्चारपथ । २५ असार २०८०, सोमबार १०:५३