बजेट कार्यान्वयनमा जहिले उदासिन कर्णाली सरकार

 

सुुर्खेत । बजेट कार्यान्वयनको सन्दर्भमा कर्णाली सरकार जहिल्यै उदासिन देखिएको छ । अनुदानकै भरमा ल्याउने गरेको बजेट समेत कार्यान्वयन गर्न नसकेर कर्णालीले आलोचना खेपिरहेको छ ।
चालु आर्थिक वर्ष ०७९-०८० को बजेट कार्यान्वयनको अवस्थामा पनि विगतकै जस्तो छ । चालु आर्थिक वर्ष सरकारसँग ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार वार्षिक बजेट थियो । जसमा २२ अर्ब २७ करोड ६६ लाख २८ हजार १४७ रुपैयाँ कार्यान्वयनमा आएको छ ।

प्रदेशको कुल बजेटमध्ये करिब १० अर्बभन्दा बढी बजेट फ्रिज गएको छ । अझ सरकारको विकास बजेटको अवस्था भने कमजोर रहेको छ ।
१९ अर्ब ५२ करोड १२ लाख २९ हजार २ सय रुपैयाँ विकास बजेट रहेकोमा १२ अर्ब ७२ करोड ९० लाख बराबरको बजेट अर्थात ६४.०८ प्रतिशतमात्रै खर्च भएको छ ।

कुन आर्थिक वर्ष कति बजेट कार्यान्वयन भयो ?

— आर्थिक वर्ष ०७४/०७५ मा कुल बजेट: १ अर्ब २ करोड ५ लाख

खर्च प्रतिशत: ७

—आव ०७५/०७६ मा कुल बजेट: २८ अर्ब २८ करोड २८ लाख

खर्च प्रतिशत: ३६.३७

—आव ०७६/०७७ ३४ अर्ब ३५ करोड ३७ लाख ७२ हजार

खर्च प्रतिशत: ४८

—आव ०७७/०७८ मा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार

खर्च प्रतिशत: ६५.५२

—आव ०७८/०७९ मा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार

खर्च प्रतिशत: ६२

— आव ०७९/०८० मा ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार

खर्च प्रतिशत: ६७.५६

तपाईको प्रतिक्रिया