कर्णाली प्रदेशकाे बजेट बहुमतले पारित 

 

सुर्खेत । कर्णाली प्रदेश सरकारकाे आर्थिक वर्ष २०८०/०८१ काे बजेट बहुमतले पारित भएको छ।

मंगलबार प्रदेश सभाको २५ औँ बैठकमा बजेट बहुमतले पारित भएको हो।

अर्थमन्त्री बेदराज सिंहले अगामी आर्थिक बर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट ल्याएका थिए।

जसमा चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ.१९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ  ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएकाे छ।

बजेट असार १ गते संसदमा प्रस्तुत भएको थियो।

तपाईको प्रतिक्रिया