कर्णालीका हिरासतमा अब पुस्तकालय

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले हिरासतमा पुस्तकालय स्थापना गर्ने अभियान चलाएको छ । त्यसका लागि १० वटै जिल्लाका १४ वटा हिरासतहरुमा पुस्तकालय स्थापनाका लागि निर्देशन दिइसकेको छ ।

१० वटा जिल्ला प्रहरी कार्यालय र बाँकी ४ वटा मुद्धा चल्ने इलाका कार्यलयहरु कर्णालीमा रहेका छन् । प्रदेश प्रहरी कार्यालयका डीआईजी भिम प्रसाद ढकालले अबको १५ दिनभित्र पुस्तकालय स्थापना गरिसक्ने गरि निर्देशन दिइसकिएको बताए ।

प्रदेश प्रहरी कार्यालयमा भने पुस्तकालय स्थापना भइसकेको छ । बिहीबार पत्रकारसँग कुराकानी गर्दै ढकालले भने,‘ हामीले विशेषगरी हिरासतमा रहेका व्यक्तिहरुको मनोविज्ञानमा परिवर्तन आउने उद्देश्यसहित यो अभियान थालेका हौँ ।’
यसअघि काराबारमा पुस्तक अभियान पनि कर्णालीबाट नै सञ्चालनमा आएको थियो । १० वटै जिल्लाका कारागारहरुमा रहेका कैदीबन्दीहरुका लागि ‘कारागारमा किताब’ अभियान सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया