सुर्खेत । कर्णाली प्रदेशका ३ लाख ६६ हजार हजार भन्दा बढी घरधुरीमा प्रहरीले एकैसाथ ‘घरघरमा स्टिकर टाँस’ अभियान चलाएको छ ।
वीरेन्द्रनगरको कोलडाँडामा एक कार्यक्रमको आयोजना गरि प्रदेशभर एकैसाथ अभियानको शुभारम्भ गरिएको हो ।
नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पुर्णबहादुर खड्काले कार्यक्रमको उद्घाटन गरे । गाउँ–ठाउँमा घटेका घटनाहरु तत्काल संकलन गर्न सकिने, सम्बन्धित निकायको सहज पहूँच र सुरक्षाको सहज अनुभूति हुने र नागरिक मैत्री सेवा प्रभावमा सहजता होस् भन्ने उद्देश्यका साथ उक्त अभियान चलाइरहेको प्रदेश प्ररही कार्यालयका डीआईजी भिमप्रसाद ढकालले बताए ।
‘नागरिकले सहज रुपमा शान्ति सुरक्षाको प्रत्याभूमि गर्न सकुन् भन्ने हो,’ ढकालले भने ।
स्टिकर नजिकका प्रहरी कार्यालयहरुको फोन नम्बरसहित टाँस गरिएको छ ।
यसो गरेको खण्डमा जुनसुकै ठाउँमा बसिरहेका नागरिकहरुले पनि कुनै शंकास्पद चिज, बाढी, पहिरो गएको खण्डमा वा आफुले असुरक्षाको महसुस गरेमा टाँसिएको नम्बरमा फोन गरेर जानकारी दिनेछन् । यो अभियानले अपराधिक क्रियाकलापमा समेत कमी आउने अपेक्षा गरेको छ ।



सञ्चारपथ । ३१ असार २०८०, आईतवार ०७:४६