सुर्खेत । सल्यानकाे कुमाख गाउँपालिकाले अझै बजेट ल्याउन सकेकाे छैन । साउन महिना सुरु भइसक्दा समेत साे गाउँपालिकाले बजेट ल्याउन नसकेकाे हाे ।
संविधानतः स्थानीय तहले १० असारमै बजेट ल्याइसक्नुपर्ने हुन्छ भने असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।
उपाध्यक्ष लालबहादुर रावतले माओवादीका सदस्य साथीहरूका कारण बजेट नै पेस गर्न नसकेको बताए । ‘पटक–पटक छलफल गर्दा पनि उहाँहरू सहमतमा आउन चाहनुहुन्न,’ उनले रातोपाटीसँग भने,‘उहाँहरू बैठकमै आउनुहुन्न ।’
उनका अनुसार ५० करोड बराबरको बजेट ल्याउने तयारी पालिकाको थियो । माओवादीबाट निर्वाचित वडा नम्बर ५ का वडाध्यक्ष पदमबहादुर बुढा मगरले पालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यशैली नसच्चिएका कारण बैठकमा उपस्थिति नआएको बताए । ‘कार्यपालिका त मन्त्री मण्डल होला नि,’ उनी भन्छन्,‘ हाम्रा कुरा सुनुवाइ नगरेर अध्यक्ष, उपाध्यक्ष मिलेर हामीलाई बाइसाप गर्न खोज्ने ?’
करारमा कर्मचारी भर्ती गर्दा पनि आफूहरूलाई कुनै जानकारी नदिएको उनको भनाइ छ ।


सञ्चारपथ । ३ श्रावण २०८०, बुधबार ०३:११