च्याउ टिप्न गएका सडक मजदुर मृत फेला

सुर्खेत । वीरेन्द्रनगरमा एक सडक मजदुर मृत फेला परेका छन् । मृत फेला पर्नेमा बाँकेको जानकी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर नगरपालिका–६ मंगलगढीमा सडकको काम गर्ने अन्दाजी १९ बर्षीय बिष्णु रैदास रहेका छन् ।

उनी बुधबार आफु सँगै काम गर्ने अन्य ८ जना साथिहरु साग च्याउ टिप्न भनि गएका थिए ।

वीरेन्द्रनगर नगरपालिका–२ स्थित आदर्श सामुदायिक वनको गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यद्यपि प्रहरी घटना स्थलमा पुग्दा उनीसँगै गएका अन्य साथिहरु घटनास्थलमै रहेका थिए । अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया