डोल्पा । डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाद्वारा सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले उजुरी आएसँगै तीन जनालाई पक्राउ गरिसकिएको रातोपाटीलाई जानकारी दिए ।
एक जनालाई मुगुबाट पक्राउ गरिएको र दुई जनालाई जुम्लाबाट पक्राउ गरिएको छ । फरार रहेका बाँकी ६ जनालाई पनि खोज्ने क्रम जारी रहेको उनले बताए । पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ ।


सञ्चारपथ । २ भाद्र २०८०, शनिबार ०७:३८