सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको दोस्रो विस्तारित बैठक सुरु भएको छ । प्रदेश राजधानीको शुभ होटेलमा बैठक सनिबार बिहान ११ बजेदेखि सुरु भएको हो ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत तयारी स्वरुप बैठक सञ्चालन गरिएको हो । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नाराका साथ माओवादीले तीन महिने अभियानको थालनी गरेको छ ।
अभियान अन्तर्गत नविकरण र विस्तारको काम व्यापक रुपमा अगाडि बढाइने छ ।
मतदातासँग भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराइने लक्ष्य राखेको छ । यस्तै आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा संचालित स्थानीय सरकारले कम्तिमा १÷१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने छ ।
तीन वटा चरणमा सञ्चालन हुने अभियानले प्रदेशमा एउटा सचिवालय गठन गर्ने छ भने अभियान टिममा कलाकार, संस्कृतिकर्मीहरुलाई पनि सहभागीता गराइने छ ।
सनिबार र आइतबार बृहत रुपमा छलफल हुने छ भने सोमबारको प्रतिशक्षण कार्यक्रमका सहभागीता जनाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ पनि सुर्खेत आउने छन् ।


सञ्चारपथ । २ भाद्र २०८०, शनिबार ०८:४५