कर्णालीले आज प्रदेश स्थापना दिवस मनाउँदै, प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

 

कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

विसं २०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेपछि सो निर्णयका विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो । आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम र यामबहादुर बिसीले साहदत प्राप्त गरेका थिए ।

उनीहरुको साहदतपछि तत्कालीन सरकारले साविक कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्ती दुई जिल्लालाई जोडेर ६ नं प्रदेश घोषणा गरेको थियो ।

स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरको खुल्ला मञ्चमा कार्यक्रम राखिएको छ ।

उक्त कार्यक्रमका सहिद परिवारका सदस्यलाइ सम्मान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं कानुन मनत्री कृष्णबहादुर जिसीले बताए ।

१० बजेदेखि सुरु हुने उक्त कार्यक्रमका प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ पनि सहभागी हुने छन् । साथै गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुनेछन्

तपाईको प्रतिक्रिया